-
राजधानीदेखि रारासम्म
काठमाण्डौ विश्वविद्यालयको (Computer Science) तेस्रोवर्ष को स्नातक तहको सेमेस्टर बिदामा हामी २५ जनाको टोलिले यसपाली नेपालको मध्यपश्चिममा अवस्थित राराताल को भ्रमण गर्ने निधो गर्यौ। बसन्त ऋतुको आगमनले होला वातावरणले पनि निकै साथ दिएको महसुस हामीले गरेका थियौ। करीब हप्तादिन भ्रमणको घुम्ने योजनार तालिका तय गरेपछि हामी बैशाख ५ मा राजधानीबाट,मुगुको (हुटु) मा पर्ने राराताल को लागि अगाडी बढ्छौ। कसरी र कहाँ बाट जान सकिन्छ त रारा ताल ? सामान्य जसो राराको लागि नेपालगंज बाट ताल्चा (मुगु) को हवाईयात्रा नै प्रचलित एवं सजिलो मार्ग हो । ताल्चा बाट ३-४ घण्टा को पैदलयात्रापछि तालमा पुगिन्छ। तर हामी स्थल मार्गबाट जाने भएकाले, रिजर्भ गाडी लिएर गएका थियौँ । पछिल्लो समय हवाईमार्ग भन्दा बढी बस,बाईक,निजि सवारीबाट…