• Adventure,  Featured,  Hiking,  Trek

    ढोरपाटन सेरोफेरो; हामी रहरले घुमन्ते, ढोरबासी करले!

    २०७४ साल भर्खरै मात्र सुरु भएको थियो, म पनी  रारा ताल घुमघाम पछि घर पुगेको थिए केहि दिन बिदा मनाउने  साथै बिश्राम लिने चक्करमा। अझै सम्म प्रस्ट याद छ मेरो आँखा घरको भित्ते पात्रो मा पुग्छ, पात्रो देख्न साथ् उही त होनी नेपाली को पारा बिदा कहिले कहिले छ, दशैं तिहारको बिदा अनि तिथि मिति हेरे । तर त्यति मात्रै के हेरेको थिए पात्रोको एउटा तस्बिर [Dhorpaatan] ले निकै मन छोयो । ताजै थिए मेरा कर्णाली बुलुजहरु, जुम्लाको रातो चामलको स्वाद अनि रारा राष्ट्रिय निकुञ्जले गरेको  स्वागत  पनि। त्यति नै बेला मैले मनमनै योजना  बनाए,  यसपाली  छोरो आफ्नै गृह जिल्लाको सुदुर भेग ढोरपाटनको यात्रा गर्नेछ। त्यसपछि केहि दिन बिताएर म फेरी…