मनकामना यात्रा, भुकम्प पछिका तिता मिठा अनुभव

मनकामना यात्रा, भुकम्प पछिका तिता मिठा अनुभव

श्री गणेश : ( यात्रा अघिका कुरा)

मनमा तरङ्ग, बितरङ्गहरु जोश, शक्ति र बिश्वास अनि अाट `घुमन्ते´ नामै यस्तै छ । धेरै जस्तो अन्य कार्य र पढाईमा ब्यस्त हुने भएकै कारणले सनिवार वा अरु बिदाका दिन घुम्न निस्किने बानी । बानी भन्दा पनि लत नै लागिसक्यो  भन्दा ठिक होला । युवा अवस्था जोश –जागर र अाट गर्ने बानी को त कुरै नगरौ । वर्षा को मौसम यसपालि घर मात्र बसिराख्न अल्छी लाग्ने । लगभग ४० वटा जिल्ला घुमेको अनुभव बटुल्दै नजिकै ४० कि मिमा (दमौली बाट ) अवस्थित मनकामनाको हिडाइ गर्ने योजना पारित भो हामी दुई साथी बिच । सनिवार भनिएको हिडाइ कारणवस शुक्रबार नै गरौ भन्ने धारणा अर्का घुमन्तेको । सनिवार भनिएको यात्रा को ठिकठाक तयारि गर्न नपाउदै शुक्रबार नै झोला र क्यामेरा बोकि हिडियो । भन्ने गरिन्छ नि ” Travelers do not plan their destination they just travel around. ”

Travellers do not plan their destination they just travel around.

Travellers do not plan their destination they just travel around.

अब अघिको यात्रा आफै पढ्नुस ।

धार्मिक दृष्टिकोणले ज्यादै नै महत्व बोकेको मनकामना मन्दिर हिन्दुहरुका लागि पुग्नै पर्ने धर्मिक स्थल । जहाँ बर्सेनि हजारौंले आफ्ना मनोकामना एवम्   कयौं भाकल पूरा होस भनेर धाउने गर्दछ्न । अरुको जस्तो अथाह मनोकामना नभएपनि केही प्राथना त माग्ने सोच पनि थियो मनकामना माइको सामु । बैशाख १२ र २९ गते गएको महाभुकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्ला र गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर । त्यसैले यस यात्रामा धार्मिक पाटो मात्र जोडिएको छैन । भुकम्पले चर्काएको र हल्लाएका घर, गोठ, स्कुल र मनकामना मन्दिरको पनि बेग्लै कथा जोड्न खोजेको छु ।

भुकम्पले चर्काएको र हल्लाएका घर, गोठ, स्कुल र मनकामना मन्दिरको पनि बेग्लै कथा !

भुकम्पले चर्काएको र हल्लाएका घर, गोठ, स्कुल र मनकामना मन्दिरको पनि बेग्लै कथा !

घरबाट अलि अबेर हिडियो तर पनि आबुखैरेनी बाट उकालो लाग्दा बिहानको सात बजेको थियो । मर्स्याङ्दि र दरौदीको संगम भन्दा अलि तल बाट   झोलुङ्गे पुल तर्दै कानटार गाउँ बाट ठाडो उकालोको पैदल यात्रा सुरु भयो ।

यात्रा सुरु गर्न पनि हामी एकदम नै उत्साहित थियौ । 

यात्रा सुरु गर्न पनि हामी एकदम नै उत्साहित थियौ ।

 

(आबुखैरेनी -कानटार -बनौती -डाडागाउँ -फेनाम्दी -ढाडबारि –मनकामना मन्दिर)

उकालोबाट तल मर्स्याङ्दि हेर्दा सेतो सिरकले अोडेर बसेको जस्तै देखिन्थ्यो ।

उकालोबाट तल मर्स्याङ्दि हेर्दा सेतो सिरकले अोडेर बसेको जस्तै देखिन्थ्यो ।

आबुखैरेनी बजार नजिकै रहेकाले स्थानीय मनुवाहरु रोजगारीका लागि बजार झर्दै थिए । बनौती गाउँ टेक्न साथ बुढा आमाबुवाहरु पसुभाउका निम्ति  घासका भारी बोक्दै हिडेको देखियो ।

पसुभाउका निम्ति घासका भारी बोक्दै

पसुभाउका निम्ति घासका भारी बोक्दै

आधा घन्टाको हिडाइ पछि पहिलो विश्राम स्थल हाम्रा लागि बनौती नै बन्यो ।  आडमा रहेको चिसो पानीको धारामा तिर्खाएको मुख तेर्सायौ र साथमा लगेको हल्का फास्टफुड खायौं । त्यस बखत स्थानीयले हामिलाइ मनकामनाको यथार्थ अवस्था बारे जानकारी दिए । त्यसपछि त झनै यस हिडाइको महत्व बढ्यो हाम्रा लागि । धेरै जङ्गलको बाटो, सानो हुँदा आएपनी अहिले बाटो, घुम्तीहरु अन्जान जस्तै भैसकेको थियो । बनौती गाउँ कानटार बाट उक्लेपछी पुगिने पहिलो गाउँ हो । लगभग २० घरधुरी रहेको यस गाउँमा एक प्राथमिक बिद्यालय पनि रहेको छ । छोटो विश्राम सहित बनौती गाउँको अनुहार मनमा कार्बन कपि गरेर हाम्रो पाइला डाडागाउँ तर्फ लम्कियो । डाडागाउँ नाम जस्तै अल्लि अग्लो भागमा अवस्थित रहेको छ ।

डाडागाउँ

डाडागाउँ

त्यहाबाट तनहुँका याम्पाफाँट, एक्लेफाट, छिम्केस्वरी लगाएत गोर्खाका भिराला   गाउँहरु पनि अवलोकन गर्न सकिन्छ । डाडागाउमा एउटा चिया पसल थियो जुन अहिले पनि रहेको रहेछ । सानामा आउँदा बनौती र डाडागाउमा थुप्रै चियापसल र साना होटेल हरु संचालनमा थिए तर अहिले ती सबै बन्द भैसकेका रहेछन् । ती घरमा मान्छेको भन्दा नि बढी बास धमिराको थियो । हिडेर मनकामना जाने तिर्थालुहरु आजभोलि घटेका रहेछन्, सायद केबलकारको प्रभाव पनि होला । हामी जादा पनि सुनसानै थियो यो बाटो । हालचालै गएको महाभुकम्पका कारण यस क्षेत्रका थुप्रै घरहरु चर्केको पाइयो । धेरै घर त बस्नै नहुने गरि क्षति पुगेको थियो । केही मानिसहरु त गाउँ नै छोडेर तराई गएर बसेका रहेछन् भन्ने कुरा थाहा भो स्थानीयबाट । पक्कै पनि गरिबी अवस्था झेलिरहेका यस स्थानका मानिसहरु, भुकम्प पछि झनै दयनीय अवस्थामा पुगेका रहेछन् ।

भुकम्प पछि

भुकम्प पछि

यस्तै सोचहरु र पुराना यादहरु सम्झदै उकालो चढियो, बाटोमा देखिएका चराचुरुङ्गी, सुन्तला बारिहरुले भुकम्पले लगाएको घाउमा मलम लगाए झै भान भो हामिलाइ । करिब डाडागाउँ बाट एक घन्टाको पैदल यात्रा पछि पुगियो फेनाम्दी गाउँ । वर्षा यामको बेला भएरै होला त्यो दिन बिहानैबाट घाम देख्न पाइएको थिएन । फेनाम्दी पुगेपछि चाहिँ पारी –पारी डाडाहरुमा घामको किरण देखियो । फेनाम्दी गाउँ अल्लि माथि उक्लेर हेर्दा एकदम सुसज्जित देखिन्थ्यो । पहिलाका ढुङ्गाका छाना अहिले टिनले रंगिन भएका रहेछन् ।

फेनाम्दी गाउँ

फेनाम्दी गाउँ

बटुवा संगै सोध्दै खोज्दै भयपनी हामी मनकामना बाटो छोडेनौ ।

बटुवा संगै सोध्दै खोज्दै भयपनी हामी मनकामना बाटो छोडेनौ ।

एकछिन पछि त भयंकर थकान महसुस भो हामिलाइ । सोच्न थाल्यौं कि सायद भुकम्पले मनकामना मन्दिर नै पर धकेले छ । करिब बिहानको दस बजेतिर ढाडबारि पुगियो । स्कुल जाने समय भएकाले विद्यार्थीहरुको ठुलो जमात नै दौडिदै थिए बाटोमा । बिचरा विद्यार्थीहरु भुकम्पले चर्काएको ती माटा र ढुङ्गाको बिधालयमा पढ्न बाध्य थिए । स्थानीयहरु लगभग सबै आफ्ना हतियार कुटो कोदालो बोकि खेत तिर लाग्दै थिए । यस्तै रमाइलो पलहरु क्याप्चर गरेर हामी ढाडबारि बाट उकालो लाग्यौं । ढाडबारिको छेउ मा आइपुगेसी बल्ल मनकामना मन्दिर आसपासका लस्करै बसेका घरहरू देखापरे । त्यसपछि करिब २० मिनेटको हिडाइ पछी हामी मन्दिर क्षेत्र भित्र प्रवेश गर्यौ ।

_MG_6644

लाम्बध लागेका ढुङ्गाका र माटाका घर, इटा र सिमेन्टका घर सबै घरहरु चिरा परेको बाहिरै बाट स्पष्ट देख्न सकिन्थ्यो । कोहि त्यही घरहरुमा बस्दै थिए भने कोहि पाल टागेर । त्यही पनि मनमा एक प्रकारको उत्साह र रमाइलो थियो हाम्रो । यत्रो विनाश बाबजुद पनि पसलेहरु पसल खोलेर पुजा सामाग्री, धुप, अक्षता,  नरिबल बेचिरहेका थिए भने व्यवसायीहरु होटेल खोलेर यात्रीको पर्खाइमा ।

अघि बढीरहेको हाम्रो पाइला एक्कासि मन्दिर अगाडि पुगेर रोकियो ।

 मन्दिर हाम्रो अगाडि नपाउदा एकछिन त अचम्मित भयौं ।

मन्दिर हाम्रो अगाडि नपाउदा एकछिन त अचम्मित भयौं ।

आखिर कुरा बुझ्दा त भुकम्पले आधा भत्काएको मन्दिरको सुरुदेखि नै पुनर्निर्माण गरिदै रैछ । मन्दिर भएको ठाँउमा जस्तापाताले घेरेर काम भैरहेको पायौं हामीले ।  फेरि आर्को सोच आयो मनमा यत्रा बर्ष देखि भक्तहरुको मनोकामना पूरा गर्दै आएकी मनकामना माइ, अब उनको मनोकामना चाहिँ कस्ले पुरा गर्देला ? त्यसै  अनुरुप धेरै नभएपनी सक्दो सहयोग र दान गर्यौ मनकामना मन्दिर बिकास   कोषलाई । र हाम्रो मात्र होइन सम्पुर्ण मानिसहरुको सहयोगको खोजीमा छिन्    होला मनकामना माइ । हाल पुजा चाहिँ पहिलेको मन्दिर भन्दा बायाँ तर्फ रहेको   सानो मन्दिरमा गरिदो रहेछ । धेरै नभएपनी फाट फुट रूपमा भक्तजनहरुको चहलपहल देखिन्थ्यो वरिपरि ।

_MG_6655

त्यसपछि  हामी वरिपरिका संरचना, सुन्दरता र जिवनकलाहरु अवलोकन गर्न   लाग्यौं । भेटिएका  एक जना चटपटे दाइले बयान गरे भुकम्पबारे हामिलाइ । उनका अनुसार बैशाख १२ गते सनिवारका दिन मन्दिरमा ठुलो घुइँचो थियो रे तिर्थालुहरुको । करिब पाँच हजारको संख्यामा थिए रे । निन्याउरो अनुहार पार्दै भने उनले, एक्कासि आएको भुकम्पले मेरो ठेला नै पल्टाइदिएको थियो, मान्छेहरुको भागाभाग कोहि चिच्याउदै थिए रे, कोहि बाटो मै सुतेका पनि । त्यस भुकम्पले मन्दिर पुरै ढल्केको थियो रे अनि २९ गतेकोले चाहिँ भत्कायो । घर भत्किएर लाग्दा करिब ४ जनाको मृत्यु पनि भएको रहेछ । चटपटे दाइको मात्र नभएर पुरै  स्थानीयको अनुहारमा  त्यति चमक थिएन ।

स्थानीयको अनुहारमा त्यति  चमक थिएन खाली बोक्रे हासोले आफ्नो खुसी व्यक्तगर्न चाहन्थे

यस्तै धेरै नमिठा बिपनाहरु साच्दै हामी खाना खान हिड्यौ । करिब १०० भन्दा  बढी होटेल रहेको यस क्षेत्रमा खानाका परिकार पनि थुप्रै थिए । घुमन्ते भएका कारण खानामा पनि अलि बढी नै चाख लाग्छ । त्यसै अनुरुप  अल्लि तल झरेपछी  (केबलकार स्टेशन तर्फ ) एउटा  भाइको मिठो भाका सुनियो । ती भाइ आफ्नो होटेलमा खाना खानका  लागि यात्रीहरुलाइ बोलाउदै थिए र यसो भन्दै थिए :

(ए हजुर ! कता ? आउनुस यता । चट्ट लाएर सुन्तलाको बोट मुनि बसेर, सादा खाना तातो  घ्युले  च्वाई  पारेर । खाजा सेट, ढिडो, गुन्द्रुक, त्रिसुलि को माछा सबै पाइन्छ यहाँ ।)

भाइको  बोलिमा फिदा हुँदै हामी त्यही खाना खान रोकियौ ।  सोचेको भन्दा धेरैहिंडेको भान  भो  हामीलाई ।  धेरै ठाँउमा विश्राम लिदै  करिब   ४ घन्टा ३०  मिनेटमा आइपुगेका थियौ मन्दिर ।   खानापछि स्थानीय पसलहरु नियाल्दै हामी   लाग्यौ केबलकार स्टेशन तर्फ ।  स्टेशन पनि सुनसान थियो , धेरै मान्छे नभएका कारण केबलकार पनि समय अनुसार मात्र चलाउदा रहेछन् ।  साझ  हुन  लागेको थियो दिन ढल्कनै लाग्दा हामी केबलकार मार्फत कुरिनटार झर्यौ ।  हुन  पनि यस  केबलकारले  सम्पुर्ण  तिर्थालु एवम् स्थानीयलाई धेरै सहयोग गरेको छ ।  तर यसको बेफाइदा पनि हामिले देख्न पायौं यस यात्रामा ।   यस्तै तिता मिठा अनुभव बटुल्दै यस यात्रा सकिन लागेको   थियो  ।

 प्रचार र प्रबर्द्धनको पर्खाइमा आपचौर झरना

प्रचार र प्रबर्द्धनको पर्खाइमा आपचौर झरना

कुरिनटारबाट हामी बस त    चढ्याै तर घर पुगेनौ ,  हामी यस यात्राको थकान, हतासापन केही मेटाउन भएपनी आबुखैरेनी र मुग्लिनको बिचमा रहेको आपचौर झरनामा रोकियौ ।  धेरै मानिसहरूले बाटोबाट नै अवलोकन गर्दछ्न तर माथिनै गइ यसको पानीमा भिज्नुको मज्जा छुट्टै छ ।  तनहुँको एक अग्लो झरना मध्य पर्ने  यस आपचौर झरना प्रचार र प्रबर्द्धनको पर्खाइमा छ । अविरल बग्ने कन्चन झरनासंग रुबरु हुदै करिब एक घन्टा  पछि हामी त्यहाँबाट बस चढि यस पटक चाहिँ   घरनै  फर्कियौ   ।

इतिश्रि : ( अन्त्यमा )

अन्त्यमा भन्नुपर्दा यस हिडाइ एकदम फलदायी रह्यो हाम्रा लागि । धेरै कुरा जान्न , सिक्न, र भोग्न पायौं । एक पर्यटकीय हिसाबले पनि महत्त्व बोकेको यस क्षेत्रको अब पुनर्निर्माण र संरक्षण जरुरी छ । अरुको मुख ताक्न भन्दा पनि आफैले सक्दो काम गर्न जरुरी देख्छु म । त्यसैले त म सानो सहयोग गर्न भए पनि घुमिरहन्छु नेपाल ! तपाईंहरु घुम्नु हुन्न ? आगामी दिनहरुमा अर्को नयाँ ठाँउ, नयाँ अनुभव र नयाँ कथाका साथ उपस्थित हुनेछु । Stay tune Ghumante.Com and keep travelling , keep exploring and keep clicking . Dream, Dwell and Discover . धेरै धेरै धन्यवाद मेरा अर्का घुमन्ते मित्र बिकास दरै लाई । सायद उहाँको साथ बिना यस हिडाइले मुर्तरुप लिने थिएन । साथै फोटो हरु र केही सब्द का लागि पनि म आभारी छु ।

जय घुमन्ते ! जानकारी : जिल्ला – गोरखा अञ्चल – गण्डकी उचाई – १३०३ मि ( लगभग ) लाग्ने समय – ४-५ घन्टा ( हिडेर ) १० मिनेट (केबलकार ) नजिकको बजार : आबुखैरेनी , कुरिनटार दुरि : काठमाडौं ( १०० कि मि ) पोखरा ( १०० कि मि ) नारायणगढ ( ५१ कि मि )

अधिक जानकारीका लागि : 9815140787 / 9846499773

Bikas and Tsujan are two fellow ghumantes from Damauli who are next door neighbors too. Both of them share the passion of travelling and photography . Tsujan is a cheerful friendly guy and also good writer/poet. Nicknamed “Love Struck Romeo”, he is also a good crikcet player. Bikas on the other hand is a witty and creative. He is also a talented drummer and “Maya ko Baadal”(Clouds of Love) is his current favorite song from the movie Kabaddi Kabaddi. “Bikas listens to it day in day-out”, adds Tsujan.

Comments

comments