Adventure,  Featured,  Hiking,  Trek

ढोरपाटन सेरोफेरो; हामी रहरले घुमन्ते, ढोरबासी करले!

२०७४ साल भर्खरै मात्र सुरु भएको थियो, म पनी  रारा ताल घुमघाम पछि घर पुगेको थिए केहि दिन बिदा मनाउने  साथै बिश्राम लिने चक्करमा।

अझै सम्म प्रस्ट याद छ मेरो आँखा घरको भित्ते पात्रो मा पुग्छ, पात्रो देख्न साथ् उही त होनी नेपाली को पारा बिदा कहिले कहिले छ, दशैं तिहारको बिदा अनि तिथि मिति हेरे । तर त्यति मात्रै के हेरेको थिए पात्रोको एउटा तस्बिर [Dhorpaatan] ले निकै मन छोयो । ताजै थिए मेरा कर्णाली बुलुजहरु, जुम्लाको रातो चामलको स्वाद अनि रारा राष्ट्रिय निकुञ्जले गरेको  स्वागत  पनि। त्यति नै बेला मैले मनमनै योजना  बनाए,  यसपाली  छोरो आफ्नै गृह जिल्लाको सुदुर भेग ढोरपाटनको यात्रा गर्नेछ।

त्यसपछि केहि दिन बिताएर म फेरी कर्म थलो राजधानी तर्फ लागे। एक सेमेस्टर सकेर सबै बडा दशैंको घर जाने माहोल थियो, मेरा  सहपाठी मित्रहरु अन्नपुर्ण तिर कोही मनांग कोही थोरंगला भनझ्यांग जाने आफ्नो योजना सुनाउदै थिए, म पनि मनमनै निकै हर्स उल्लास बोकेर घरतर्फ पुन: लागे।

नेपालको एक मात्र शिकार आरक्ष क्षेत्र आफ्नै जिल्लामा अवस्थित छ भन्ने थाहा चाहि थियो, तर सानो बेलामा धेरै दिन (एक हप्ता) नै लाग्ने भन्ने सुनेको थिए। झ्याप्प आटेपनि मनमा डर थियो, कताकता होला जस्तो लागेको थियो। त्यही डर चिन्ताले होला अब कस्लाई सोध्ने होला भनेर सामाजिक संजालमा जानकारी खोझ्दै गरे। एकदमै कम पर्यटक पुगेको ठाउँको बारेमा जानकारी पाउन चुनौती नै थियो । खोजे पछि के पाउदैन र? 😛

अन्ततः मलाई ३  जना मान्छे फेला पर्नुभो । थमन कायत दाजु, बसन्त दाजु र रोबिन चिन्तु भाई, उहाँहरुको जन्म थलो बाग्लुंग जिल्ला ढोरपाटन नगरपालिका मै हो रहेछ, तर अहिले भने विदेशमा संघर्षरत हुनुहुन्छ । उहाँहरुको सफलता ,प्रगति र सुखमय जीवनको शुभकामनाका साथ हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

दशैं मनायौ त्यति बेलाको पुरै नेपालको माहोल नै बेग्लै  थियो र हुन्छ पनि । अनि आजकल नेपालीको मुख्य घुम्ने बिदा र सिजन भनेको नै दशैं र तिहारको बिदा भएकोले मेरा पनि फेस्बूके साथिहरुका भित्ताहरु निकै रंगिन देखापर्न सुरु गर्दै थिए। अषोज- कार्तिक शरद ऋतु घुम्नलाई मज्जा पनि लाग्ने, नेपाली घुमन्तेहरुले साधारणतय घुम्ने भनेको र योग्य समयनै चैत बैशाख र त्यहि (शरद ) ऋतु नै हो ।

त्यसपछि ढिला नगरी हामी  पुर्णिमाको पर्सिपल्ट दशैंको दक्षिणा, आशिर्वाद र साथमा केहि नयाँ लुगा ढल्काउदै  घुम्न निस्कियौ। मेरो  यस यात्राको सहयात्री भाइको नाम लिनु पर्दा अनिल, निकै नै मिलनसार र रमाइलो मान्छे । माथि उल्लेख गरे जस्तै मैले हरेक दाजुभाईहरु बाट जानकारी लिएको थिए सोहि अनुसार  योजना तय गरिएको थियो ।

पहिलो दिन ,बिहान सबेरै उठेर हामी  दुइभाई जीपपार्क, बाग्लुंग बजारतिर लाग्यौ । जीपको टिकट  पश्चिम भेग बुर्तिबांग बजार सम्मको ,आजपल्ट नै लिएको  हुनाले सिट पक्कापक्कि थियो। करिब ७ बजेतिर गुरुजीले मार्शल जीप कुदाउनु भयो।

[जानकारी: बुर्तिबांग, शहरीकरण हुँदै गरेको मध्ये पहाडी लोक मार्गमा पर्ने, बडिगाड खोलाको किनारमा अवस्थित छ। सदरमुकाम बाग्लुंग बजार देखि करिब ८८ किलो मिटर पश्चिम तर्फ ]

केहिबेर पछि गुरुले काठेखोला गाउँपालिका अन्तर्गतको रिजाल चोक भन्ने ठाउँमा चियानास्ता लाई रोक्नु भयो। बिस्तारै हिमाल पहाडको दृश्य खुल्दै गएको भान हामीलाई हुदै थियो । लगत्तै हामि गाउँपालिकाको टप [धुरी]मा पुग्यौ। त्यस ठाउँको नाम घोडा बाधे, द्वन्द कालको बेला धेरै सुनेको थिए मैले त्यो नाम र पहिले-पहिले सदरमुकाम पैदल आउने र घोडा त्यहाँ बाध्ने भएकाले यसको नाम त्यसरी रहन गएको सुन्न पाइन्छ अझै पनि। करिब १० बर्ष पहिले मान्छे हरु कागजी, कानुनी र सरकारी काम गर्नलाई सुदुरबाट आउदा एक हप्ता लाग्ने, बाटोको लागि खर्चपानि लिएर सम्म आउथे रे कोहिकोहि त, भन्ने पनी सुनियो।

घोडाबाधे बाट देखिएको अन्नपुर्ण र माछापुछ्रे हिमशिखर को मनोरम दृश्य।
घोडाबाधे बाट देखिएको अन्नपुर्ण र माछापुछ्रे हिमशिखर को मनोरम दृश्य।

अहिले घोडा बाधे मा नेपाली सेना को पोस्ट, टावर र पिकनिक स्पट हरु रहेका छन्।

टपमा पुगेर सैनिक इलाकामा सवारीसाधनको नम्बर दर्ता गर्दै हुनुहुन्थ्यो गुरुजी त्यहि मौका छोपेर मैले एउटा  तस्बिर लिएको थिए। हामीले गितार पनि बोकेको हुनाले बेलाबेलामा गीत पनि गाउदै थियौ र बिस्तारै जीप टपबाट ओराली लाग्यो ।

 

अनि बाग्लुंग को सदरमुकाम पछि को अर्को जल्दोबल्दो सहर गल्कोट, हटिया बजार र घुम्टेको लेकले एकैसाथ हामीलाई न्यानो स्वागत गर्यो।

[गल्कोटको जानकारी दिनुपर्दा म यसलाई लोक दोहोरि गीतको उर्बर भुमि भन्न रुचाउछु। बाग्लुंग  बजार देखि करिब  ४६ किलोमिटर दुरीमा अवस्थित यो बजार, निकै वर्ष पहिले बाग्लुङ्ग जिल्लाको सदरमुकाम पनी हो । अर्को रोचक जानकारी यस्तो एउटा नगरपालिका जहाँ एक घर एक जापानको लहर चल्यो र सफल पनि भयो, म्याग्दी पछिको नेपालको सबैभन्दा धेरै रेमिटान्स भित्रने ठाउँ । भौगोलिक रुपमा बाग्लुङ्ग जिल्लाको मध्य भागमा पर्छ।

गल्कोट नगरपालिका का नव निर्वाचित मेयर साबले प्लटीङ्गमा रोक लगाउनु भएको रहेछ निकै चित्त बुझ्यो जिपमै सवारी एकजना महिला यात्रुले जानकारी दिनुभयो ।

लहलह खेतमा धान झुलेको थियो, गाउँघरहरु लाहुरे हरुलाई बिदाई र स्वागत गर्ननै मस्त देखीन्थे। कोहि यात्रुहरु मलिन अनुहार  लिएर   कर्मथलो फर्कने सुरसारमा  देखिन्थे बाटोमा दशैं पश्चात  भने कोहि हर्स उल्लाशका साथ तिहारको लागि दिदि,बहिनी र चेलीबेटी लाई उपहार बोकेर घर आउदै थिए। यत्तिकै मा गुरुजीले हटिया भन्दा केहि अगाडी  काँडेबास भन्ने ठाउँमा रोक्नु भयो ।

थकाली खाना खाएपछि मैले ढोरपाटनको यात्रा गर्दै, भनेर एउटा फेसबुक पोस्ट बिहानको साहित लगत्तै अपडेट गरेको थिए केही साथिहरुले शुभयात्रा को कामना गर्नु  भएको रहेछ। होटलको  [Wi-Fi] प्रयोग गरेर सबैलाई धन्यवाद दिदै फेरी अगाडी लाग्यौ।

त्यो दिन सबेरै फेसबुक मा पोस्टाएको तस्बिर साथ मा  सहयात्री अनिल भाई र गितार।
त्यो दिन सबेरै फेसबुक मा पोस्टाएको तस्बिर साथ् मा सहयात्री अनिल भाई र गितार।

बाटो कतिपय ठाउँमा कालोपत्रे भैसकेको थियो भने कहींकतै चौडा बनाउने, शाखा बिस्तार, कृषि सडकहरु देखिन्थे। वारी बाग्लुङ्ग जिल्ला पारी गुल्मी पारेर हामी यात्रा गर्दै थियौ।  त्यता पट्टिको बजार पुरै सर्लक्कै बुटवलको रहेछ , मतलब गुल्मी हुदै बुटवल बाट सामान आउने र पोखरा बाग्लुङ्ग हुदै आउने भन्दा छिटो र केहि हद सम्म सुपथ मूल्यमा पाउने भएकोले बजार तातेको रहेछ।

मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्ने खर्बांग बजार
मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्ने खर्बांग बजार।

सवारीमा निजामती कर्मचारीहरु पनि भएकोले धेरै जानकारी पाइयो धन्यवाद उहाँहरुलाई ।  केहि बेरमा बुर्तिबाङ्ग बजार देखियो,  बडीगाड खोलाको किनारमा । बडीगाड ? अहहा अंग्रेजी नाम लाहुरे हरुले राखे कि भनेर हासो गरियो । अनि झरेर सामान लियौ र गुरुले उता पारिबाट गाडि लाग्ने कुरा जानकारी गराउनु भयो ।

बुर्तिबाङ्गमा मेला रहेछ। दोहोरी प्रतियोगिता रहेछ र भलिबल खेलपनि ।दोहोरी र भलिबल भनेपछि हुरुक्कै  हुन्छन बाग्लुङ्गे हरु हाहा। 😂

एकैछिन हेरेर हामी बडिगाड खोला तरेर पारि गएर बस परख्यौ। मिनीबस रहेछ जति बेला मान्छे भरिन्छ, उतिबेला चल्ने रे त्यहिँ पनि आधाबाटो जाने रहेछ ।

बुर्तिबांग बजार को केन्द्र जहाँ मेला चल्दै थियो।
बुर्तिबांग बजार को केन्द्र जहाँ मेला चल्दै थियो।

त्यो दिन हामी बोबांग सम्म पुग्नै पर्ने थियो।

त्यहाँ एकजना दिदि पनि कुर्दै हुनुहुन्थ्यो हामी संगै चिनपर्चि गर्दै जाँदा उहाँ थमन कायत दाजु कै [माथि उल्लेखित]  छिमेकी बहिनी पर्नु भएछ, उहाँले त्यताको धेरै कुरा अवगत गराउनु भयो।

बस ५ बजे तिर हिड्यो र ६ बजे बोबांग भन्दा आधा घण्टा तल सम्म पुरायो। गोधुली साँझ पनी छिप्पिएर, रात परिहाल्यो दिदिको भाई केहि दिन अगाडी विदेश बाट आउनु भाको रहेछ अलि तल सम्म लिन आएपछि हामी ७ बजे उहाको घर पुगयौ।  हामीलाई बस्ने होटल जस्तो ठाउँ पुग्न अझै समय लाग्थ्यो तर उहाँहरुले अब माथी नजानुस आज यहि बसौ सुख:दुख भनेपछि नाइँ भन्ने सकेनौ। केहीबेर हल्का कुराकानी भएर,  [Gadgets ]चार्ज गरे पश्चात  खाना खायौ।

खै गुरु जी ले बस चलाउने सुर सार नै गर्नु भएन।
खै गुरु जी ले बस चलाउने सुर सार नै गर्नु भएन।

जाडो सुरु भाको थियो, बिस्तारै त्यसकारण हामी बास बसेको घरको (दिदि दाई बाहेक ) अन्य सदस्य पनि त्यहि दिन ढोरपाटन बाट झर्नु भाको रहेछ ।

कुरा चल्दै गर्दा कति लाग्यो हजुरहरुलाइ माथि बाट झर्न भन्ने प्रश्नमा आमाले उत्तर दिनुभयो “खाजा पानि खाएर हिडेको झिसमिसेमा आयौ आज केहि ढिला भयो बाटो भरि सम्पतिले गर्दा ” सम्पति बाटोमा ? 🙂 आफुसंग भएको सबै मालसामान प्लस गाइबस्तु, कुकुर, भेडा, भाख्रा र घोडा, खच्चडको एक मुस्ट नाम रहेछ सम्पति। 😊

र भोलि सबेरै भालेको डाँक संगै उठेर यात्रा पुन: सुचारु गर्ने गरि  सुत्यौ। खानामा आलुको दाल थियो। 😉

बास दिने दाई दिदि प्रति निकै नै आभारी छौ।
बास दिने दाई दिदि प्रति निकै नै आभारी छौ।

[जानकारी: बोबांगकै मान्छेहरु  ५/६ घण्टा उकालो लागेपछि आउने उपत्यका,ढोरपाटनमा गएर बस्ने खेति गर्ने गर्नुहुन्छ। भने निशी गाउँको मान्छे अर्को साईडबाट  निशलढोर तिर उक्लने गर्छन, ढोरपाटन बिशेष गरि कृषि, पशुपालन र गर्मि को बसाईको लागि निकै उचित भएकाले सबै मानिसहरु  बर्खामा लेक उक्लने र हिउदमा बोबांग झर्ने चलन छ। निशलढोर ढोर उपत्यका मै पर्ने ठाउँ हो।

भोलि पल्ट सबेरै चिया पियौ र बाटो लाग्यौ। उहाँहरु [थमन दाजु र बास दिने परिवार] प्रति हामी निकै आभारी छौ।

बास दिने घरको दिदिदाईले हामीलाई अफ्ठ्यारोमा पार्नु भो सहयोग गरेर पैसा लिन मान्नु भएन, त्यसैले साना  भाईबहिनीको हातमा थोरै पैसा राखी दिएर, हामी बोबांग बिस्तारै छोड्यौ।

उकालो जादै गर्दा देखिएको बोबांग गाउँ को एक झलक।
उकालो जादै गर्दा देखिएको बोबांग गाउँ को एक झलक।

एकैछिनमा उज्यालो भएपछी थाहा भयो कि,बाटोको छेउछाउ,घर, गोठ जतापनि सम्पति नै सम्पति  😛 अहाहा।

उकालो चड्दै गर्दा, प्रत्यक परिवार बराबर एउटा कुकुर पनी संगसंगै झरेको देखियो। भोटे कुकुर तपाइको यस्तो कडा कि नजिक पर्ने नसकिने ।अब लेकमा बिना मान्छे नै ४००/५०० भेडा हेर्न माहिर सक्किगो नी हाहा।

बाटोमा एकदुइ जना विदेशी पनि देखिए। आन्तरिक पर्यटक त हामी मात्र थियौ होला। घोडा, खच्चडले आलु र रासन बोक्ने रहेछन मान्छेले डोकोमा भाडाकुडा र अन्य आवश्यक सामग्रीहरु। एउटा कुकुर र डोकोमा (मोही पार्ने) मदानी चाहिँ हरेकको डोकोमा देखियो।

गाईबस्तु र घोडामा सर-सामान सहित इन्धन लिएरतल झर्दै एक ढोरबासी आमा।
गाईबस्तु र घोडामा सर-सामान सहित इन्धन लिएर तल झर्दै एक ढोरबासी आमा।

करिब १० बजे बिहान हामी फल्ले घर भन्ने ठाउँमा पुगेर खाना खायौ। लेकको अमिलो हो भनेर चट्नी पिस्नु भाको रहेछ पसले दाजुले, थकान नै मेटाउने अमिलो रहेछ, नाम चुल्ठे अमिलो भन्नु भयो। अहिले समझदा पनि पानि आउछ मुखमा।

त्यस पछि खाना खाएर फेरी उकालो लाग्यौ। बाटोमा ताल पनि पर्छ तर मोटर बाटोमा भन्नु भाको थ्यो एकजना बटुवाले त्यो ताल फर्कने बेलामा समेट्ने प्रणका साथ् देउरालीको उकालो टुप्पी कसेर लाग्यौ।

बोबांग झर्ने चटारो।
बोबांग झर्ने चटारो।
भारी बिसाएको मौका छोपेर एउटा तस्बिर।
भारी बिसाएको मौका छोपेर एउटा तस्बिर।

माथि नाम लिएको थिए अर्को एकजना दाजु बसन्त कंडेलको  उहाँलाई मैले समपर्क गरेको थिए करिब २/३ महिना पहिले बाट नै। उहाँसंग सम्पर्क जुराइदिने भाई रोबिनलाइ धन्यवाद।  उहाँलाई मैले फोन गरेको थिए फल्ले घरबाट उहाँ त्यतै देउराली नेर काम मै छु आउनुहोस भन्नु भएको हुनाले,  देउराली पुगेर ढोरपाटनको मनोरम दृश्य हेर्दै, चिसो बतास खादै, चौपारीमा झोला बिसाएर बिश्राम गरेको मात्र के थियौ, बसन्त दाजु आइपुगी हाल्नु भयो र एकछिन गफ्फ गाफ गरियो।

देउराली भन्दा थोरै तल एकैछिन सम्पति हरुको भिड ले जाम मा परियो।
देउराली भन्दा थोरै तल एकैछिन सम्पति हरुको भिड ले जाम मा परियो।

उहाँ चाहि देउरालीमा नेपाली सेनाको पोस्टको काम हेर्दै हुनुहुदो रहेछ।उहाँले होटेलको एकजना भाई लाइ अलि ओर सम्म लिन बोलाएर, हामीलाई पर सम्म पुराइदिनु भयो।

देउराली मा हामी २ भाई।
देउराली मा हामी २ भाई।

देउरालीबाट लगभग ढोरपाटन उपत्यका को ६०% दृश्य हामीले देख्न सक्थ्यौ। बाटोमै दाजुसंग कुरा गर्दै सानो भेरी [उत्तर गंगा] नदि तरेउ हिउदमा पानिको मात्रा धेरै त थिएन तर त्यो चिसो अहिले पनि सम्झन मन छैन, त्यस माथि चिप्ला ढुंगा ओहो बीच बाट फर्कौ फर्कौ लाग्ने बनायो (नदिको झाँगर निकै चौडा रहेछ) जनतन तरियो भनौ। तरेपछि जुत्ता लगाउदै गर्दा होटलको भाई लिन आयो र दाजु आफ्नो काममा [देउराली] नै फर्कनु भो अनि हामी होटेल पुगेर। बिश्राम लियौ।

होटल जाँदै गर्दा देखिएको उपत्यका को दृश्य।
होटल जाँदै गर्दा देखिएको उपत्यका को दृश्य।
सानो भेरी नदि तर्ने क्रममा, लोकल लट्ठी ले निकै सहज बनाएको
सानो भेरी नदि तर्ने क्रममा, लोकल लट्ठी ले निकै सहज बनाएको अवस्था।

 

वाह! ढोरपाटन जता हेरे पनि घासे मैदान वारी पारि डांडाहरु। समुन्द्री सतह बाट करिब ३००० मिटरको उचाइमा रहेको, यो उपत्यका बाग्लुंग जिल्लाको सुदुर भेगमा पर्दछ। मलाई त नढाटी भन्नु पर्दा रारा ताल, मुस्तांग, र कता कता सानो खप्तड जस्तो लाग्दै थियो। अनिल  भाईसंग, भाई राजा तिमि ३ ठाउँको समिश्रण हेर्न पाउदै छौ भनेर गफ्फ लड़ाउदै होटेल अगाडी घाममा बसेर चियाको सुर्की लिदै गफ्फिदै गर्यौ।

हामी बसेको होटल, गिरान्चौर बाट देउराली तर्फ हेर्दा, तस्बिर मा अंकित बार लगाएको क्षेत्र एयरपोर्ट को रहेको छ।
हामी बसेको होटल, गिरान्चौर बाट देउराली तर्फ हेर्दा, तस्बिर मा अंकित बार लगाएको क्षेत्र एयरपोर्ट को रहेको छ।

होटल वाला अङ्कल पनि मिजासिलो हुनुहुदो रहेछ। होटलको नाम ढोरपाटन सामाजिक होटल, र त्यो अवस्थित ठाउँको नाम गिरान्चौर भन्ने गरिदो रहेछ।  त्यहाँ  बाट पुर्बी दिशा  तर्फ करिब १० मिनेटमा ढोरपाटन सिकार आरक्षको मुख्य अफिस रहेको छ। संगसंगै नेपाली सेनाको हनुमानधोज गुल्म रहेको छ, भने पश्चिम तर्फ़ नेपाल प्रहरीको कार्यलय।

सामाजिक होटल [ढोरपाटन चिनारी पाहुना घर], गिरान्चौर, उक्त पाहुनाघर त्यहाँको पर्यटन प्रबर्धनको निम्ति ढोरबासी हरुकै संग्लनतामा निर्माण भएको रहेछ।
सामाजिक होटल [ढोरपाटन चिनारी पाहुना घर], गिरान्चौर, उक्त पाहुना घर त्यहाँको पर्यटन प्रबर्धनको निम्ति ढोरबासी हरुकै संग्लनतामा निर्माण भएको रहेछ।
होटल को ठिक अगाडी पट्टि कटिब २०० मिटर अगाडी एयरपोर्ट रहेछ तर अहिले हवाईजहाज  आउने रहेनछ,  कहिले  काहिँ हेलिकप्टर आउदा त्यही बस्ने रहेछ।  हाललाई गौचरण भएको रहेछ  यानिकी घोडा ,गाईबस्तु चर्ने ठाम।

होटलबाट ५ मिनेट पुर्बी दिशामा रहेको नेपाली सेनाको गुल्म, आरक्ष को कार्यालय संगै।

होटल बाट ५ मिनेट पुर्बी दिशामा रहेको नेपाली सेनाको गुल्म, आरक्षको कार्यालय संगै।

पश्चिम तर्फ रहेको नेपाल प्रहरी को कार्यालय।
पश्चिम तर्फ रहेको नेपाल प्रहरी को कार्यालय।

ढोर पाटन उपत्यका को बारेमा:

मुख्य कुरा उपत्यका र आरक्ष  क्षेत्रमा  बुझ्न जरुरि छ जस्तो लाग्छ मलाई । धेरैजना लाई यो तथ्य थाहा नहुन पनी सक्ला।

उपत्यका चाहि बाग्लुंग जिल्ला मा पर्छ भने, आरक्ष क्षेत्र  बाग्लुंग, म्याग्दी रुकुम गरेर  तिन  मध्य पहाडी जिल्ला मा फैलिएको

उपत्यका मा बोबांग कै मान्छे हरु आएर बसोबास गर्ने आलु खेति बस्तु भाउ गर्ने गरि सामन्य जीवन यापन  गर्दै चलेको छ।

हामी बसेको होटल बाट पुर्बी भू-भागमा म्याग्दी जिल्ला (पुग्न १ दिन ) र पश्चिममा रुकुम जिल्ला करिब २ दिन (निशल ढोर हुदै)  लाग्ने रहेछ। 

प्रहरी कार्यालय देखि देउराली तर्फ को दृश्य।
प्रहरी कार्यालय देखि देउराली तर्फ को दृश्य।

ढोर (ढोरपाटन लाई ढोर पनी भन्ने चलन छ) मा हामी करिब ३ रात ४  दिन बस्दा एक दिन उपत्यका, अर्को दिन रुकुम तर्फ़ र अर्को दिन बुकीलेक तिरको उकालो हेरेर हाम्रो बसाई सकेका थियौ।

घुमन्ते को पोशाक ढल्काउदै म, ढोरमा।
घुमन्ते को पोशाक ढल्काउदै म, ढोरमा।

चौतर्फी खर्क,लेक,पहाड र जंगलले सजिएको ढोर उपत्यका निकै नै मनमोहक शैलीमा बेसीमा डमक्क बसेको छ।   करिब करिब ५००  घर धुरी भएको त्यस ठाउँमा  (१८००-२०००) जन मानस बस्दै आएका छन।

बिशेष जानकारी :

ढोर बासिहरु प्राय सबै तिब्बती सरणार्थी बाहेक सबै असोज कार्तिकमा बोबांग झर्ने  त्यसै गरि निशलढोर बाट निशी झर्ने गर्छन र झर्ने बेलामा मिति तोकेर नियम अनुसार तोकिएको दिनमा झर्ने चलन छ (खर्च पर्च रासन -पानि बिशेष गरि आलु र सम्पति सहित  )

जाडो बोबांग/निशीमा काटेर पुन: फेरी फाल्गुनको पहिलो हप्ता ढोर नै उक्लने गर्छन।  ढोरमा चैत र बैशाख बसे पछि फेरी जेस्ठ तिर अझै माथि उकाली लाग्ने गर्छन।  गर्मि/ बर्खा  याम बढे संगै खर्क हरुमा घास हुर्केर आउने भएकाले गाइबस्तु र भेडाभाख्रा संगै लिएर भेडीगोठ तर्फ़ लाग्ने गर्छन।

बुकीलेक बाट फर्कदा झन्डै असोज महिना सुरु हुन्छ र फेरी बोबांग/निशी हुदै माथि भनेकै चक्र दोहोरिदै त्यहाँsको जनजीवन चलेको छ।

तिब्बती सरणार्थी को बारेमा भन्नु पर्दा:

दलाइ लामाको पालामा तिब्बत हुदै डोल्पोको भूभाग बाट नेपालमा सरण लिन आएका करिब ८/१० परिवार अहिले करिब ४२ घरधुरी भएर आरक्षको पुर्बी दिशामा बसोबास गर्दै आएका छन। उनीहरुको आफ्नै संस्कृति र चालचलन पनि रहेछ भाषा संगै  तर गाउँमा उमेरका मान्छे देखिएन सबै रेमिटान्स कमाउन परदेश लाग्नु भएको रहेछ। क्याराम तनी हजुर …… देश चलाउने अस्त्र नै रेमिटान्स हो।

शिला लेखको थुप्रो र लुंगदेल लाई परिकर्म लगाउदै एक तिबत्ती महिला।
शिला लेखको थुप्रो र लुंगदेल लाई परिकर्म लगाउदै एक तिबत्ती महिला।

हामि पनि यसो कुरा गरौ भनेर एकजना आमा संग गफ्फिदै गर्दा उहाँहरु भागेर आउदा करिब ५० बर्ष अगाडी उहाँहरुको आफन्त उतै छुटेको र अहिले पनि समयसमय मा तिब्बत बोर्डेरमा मेला हुदा भेट्ने कुरा हुने रहेछ सुनेर अचम्म लाग्यो र खुशी पनि।  उक्त मेलामा भेडा, भाख्रा र घोडाहरु किनबेच र साटा साट हुने रहेछ।

सरणार्थी बस्ति को पहिलो घर, उहाँ हरु आगन मा बसेर ढुनुमुनु गर्द्दै हुनुहुन्थ्यो।
सरणार्थी बस्ति को पहिलो घर, उहाँ हरु आगन मा बसेर ढुनुमुनु गर्द्दै हुनुहुन्थ्यो।

हजुरहरुलाई लाग्न सक्छ कि नेपाली नागरिकता अथवा बोबांग/निशी घर भएका त तल झर्छन तर मुख्य जाडोमा सरणार्थी हरु कहाँ जान्छन?

सकेसम्म हजुरहरुको जिज्ञाशा मेटाउने छु।😊

पहिलो कुरा मान्छे नै कम छन् दोस्रो भएकाहरु घोडा चढेर म्याग्दी हुदै पोखरा पनि आउने रहेछन। बाकी केही  बृद्धहरु गाउँ हेर्न ( चौकी/ चौकिनी ) भएर पनि बस्ने गर्छन।

यति पढे पछि फेरी बोबांग/निशी झर्दा गाउँ पुरै खालि हुन्छ नि त भन्ने हजुरको कौतुहलता पनि मेटिने छ। हाहा 😂

गाउँका करिब ९०% मान्छेहरु झर्छन/ उकालो लाग्छन हरेक सिजनमा तर बुढाबुढी भने चाहि कोही कोही बसेर गाम घर हेर्ने हेरालुको काम गर्छन। बिशेष गरि महिला बृद्ध आमाहरुले चौकिनी (गाम घर हेर्ने हेरालु ) को काम गरेर त्यसको सट्टामा आलु र अन्य अन्न बालिहरु लिने गर्छन रेखदेख गर्दिए बापत।

त्यस कारण घुमन्ते दाजु भाई तथा दिदि बहिनीहरुमा मेरो के अनुरोध छ, भने बिचार गर्नुस हजुरको घुम्ने बेलामा ढोरमा कोही पनि नहुन सक्छ। त्यति कुरा स्मरण गराउन चाहन्छु।

आरक्ष  सम्बंधी जानकारी :

बि. स. २०३५ सालमा स्थापना भएर २०४४ साल मा राजपत्र मा प्रकासित भएको , ढोरपाटन शिकार आरक्ष पश्चिम नेपाल को बाग्लुंग, रुकुम र म्याग्दी जिल्ला मिलेर करिब १,३२५ वर्ग छेत्रफलमा फैलिएको छ। ( ६०% रुकुममा, २६% बाग्लुंग र १४% म्याग्दी ) आरक्षको मुख्य कार्यलय बाग्लुङ्ग जिल्लामा पर्ने भएको ले गर्दा, ढोरपाटन भन्न साथ कति पए नेपाली ले बाग्लुङ्ग मै मात्र भन्ने जानकारी राखेको पाएको छु। यो ३ जिल्ला मा फैलिएको छ। आरक्ष २,००० मिटर देखि ७,२४६ मिटर सम्म को उचाईमा अवस्थित छ।

आरक्ष क्षेत्रका बनस्पतिहरु : शिकार आरक्ष क्षेत्रको करिब एक तिहाई  भू -भाग  वनजंगलले ढाकेको छ। बन का मुख्य रुख प्रजाति हरु गोब्रे सल्ला, खर्सु वन, गुराँस र चिमालो ( सेतो गुराँस ), तालिस  पत्र, भोजपत्र, धुपी निगालो र मिस्रित चौडापाते गरेर करिब १८५  प्रकारका  का बनस्पति को रेकर्ड राखिएको रहेछ। सामान्य तय भन्नु पर्दा ३,००० मिटरको उचाईमा देख्ने सबै खालको बनस्पति देखियो।

वन्यजन्तु : शिकार क्षेत्रमा निकै नै धेरै प्रजातिका जनावर पाउने रहेछन । मुख्य गरि ३२ प्रजातिका स्तनधारी प्राणी पाउने गर्छन। बिशेषगरि सरसर्ती भन्नु पर्दा, ब्वासो, हाब्रे (रेड पाण्डा), चरीबाघ, कस्तुरी, पाहन बिरालो, हिमाली कालो भालु, उड्ने लोखर्के, बदेल, जंगली कुकुर, मुसे खरायो, हिउ चितुवा, मृग  आदि पाउने रहेछ।

शिकार गरिने जनावर ( गेम एनिमल ):

नाउर

झारल

रतुवा मृग

बदेल

मुख्यगरि सिकारीले शिकार गर्ने यिनै जनावर हो। सिङ्ग र छाला, नाउर र झारलमा हुने भएकोले  शिकारीको प्रथामिकतामा पर्ने  रहेछन।

शिकार सम्बंधी कानुनी व्यवस्था:

हामीहरु वास्तबमा शिकार भन्दा पनि घुमन्ते हेतुले गएका हुनाले मलाई यो बिषयमा प्रयाप्त जानकारी छैन। त्यसको लागि माफी चाहन्छु पाठक वर्गमा।]तर केहि जानकारी भने जुटाएको छु चिन्ता नलिनुस ।:p

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  ऐन २०२५ को दफा ११ अनुसार कुनै पनि व्यक्ति ( स्वदेशी वा  बिदेशी )ले शिकार अनुमति पत्र लिएर शिकार खेल्न पाउने व्यवस्था गरिएको रहेछ। हामीले आरक्षका एकजना कर्मचारी संग बार्तालाप गर्दा खर्च कति लाग्ने रहेछ भन्ने हाम्रो प्रश्नमा उहाले करिब १४/१५ लाख नेपाल सरकारलाई राजश्व तिर्नुपर्ने कुरा गर्नु भयो।

शिकार खेल्नको लागि चाहिने हतियार, र अन्य सामान सबै आफैले व्यवस्था गर्नु पर्नेरहेछ। टेन्ट र अरु सबै चाहिने सामान भरिया लाई बोकाएर बुकी लेक/ठाकुरी हुदै म्याग्दी सम्म  बिस्तारै उक्लदै शिकार खेल्दै गर्दा करिब एक साता सामान्यतय बित्ने रहेछ। शिकारको सिजन बिशेषगरि जाडो मै हुने गर्छ  किनकि लेकमा हिउ पर्दा जनावरहरु तल झर्ने र शिकार सम्भब हुने रहेछ।

जसले गर्दा शिकार खेल्न राम्रो बिदेशी ब्रान्डका सामान gears हरुले, भरिया  हरुको पारिशार्मिक र  आपतविपत परेको खण्डमा हेलिकप्टर सम्मको खर्च छुट्टाउदा चानचुने चाहाना  र अर्थतन्त्रले भ्याउन हम्मेहम्मे पर्ने रहेछ आहाहा। 😂

 

यदि हजुरहरु मध्ये कसैमा त्यस्तो शिकारको तिब्र चाहना र शोख छ,  भने बिस्तृत जानकारीको लागि नेपाल सरकार राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण बिभागमा सम्पर्क गरेर बुझ्न सक्नु हुन्छ।

हजुरहरुलाई पढ्ने क्रम अथवा झट्ट सुन्दा लाग्न सक्छ कि हामी संरक्षण भनेर हिड्ने बेलामा किन शिकार गरिन्छ त त्यहाँ ?

-कुरा यस्तो रहेछ , बर्षेनी गणना  हुने र यति संख्या पुगेपछि बडी संख्यामा चाहिँ शिकार गर्न सकिने भनेर आरक्षले सूचना निकाल्ने रहेछ।

 

ढोरपाटन को नाम ढोर+पाटन कसरि रहन गयो त ?

मलाई यो प्रश्नले देउराली पुग्न साथ् सताएको थियो र होटल वाला काका, बुडापाका लाई सोध्ने क्रममा थाहा भयो कि ३ ओटा मान्यता रहेछन ढोरपाटन नामको पछाडी ।

१. त्यो छेत्रमा ढोर सल्लो जुन भित्र खुकुलो हुने हुनाले ।

२. सानो भेरी नदि (उत्तर गंगा ) ले उपत्यकालाइ ढोर बनाएर २ भागमा चिरा पारेको हुनाले। ( मैले अनि यहि guess गरेको थिए )

३. अर्को अन्तिम किम्बदन्ती चाहि बदेलले आएर उपत्यका खन्ने, जोत्ने गर्थ्यो रे धेरै पहिले पहिले।

त्यस कारण ढोर भनियो र पाटनको अर्थ नेपालीमा ड्याम्म बसेको जग्गा जुन चरण छेत्र जस्तै हुन्छ।

ढोर पुगेकै दिन: उपत्यका हेर्दै आनन्द लिएर हातमा तातो चिया लिएर कुर्सिमा बसेको हिजो जस्तै लाग्छ ।सुनसान थिए गाम घर, कतैकतै शिला लेख र लुङ्ग्देल फर्फराएका देखिन्थे। हामीहरु चाहि घोडा चड्न पाइदैन कि भनेर चिन्तित थियौ हाहा।

 ढोर को पहिलो दिन :

हामी पहिलो दिन रुकुम जिल्ला तर्फ़ ( पश्चिम दिशा होटल बाट ) केहि घण्टा घुम्न गयौ र बाटोमा स्याल्पाखे ,पुल्चोक नबि गाउँ  हुदै केहि पर पुगेर साँझमा फेरी नबि गाउँमा स्याउ, गुन्द्रुक किनमेल गरेर बेलुका फर्कियौ  सबैजना बोबांग झरेको हुनाले गाउँमा कोही कोही मात्र बाकी थिए मानिसहरु।

स्याऊ बगैचा; स्याऊ खेती धेरै जसो को मा भएपनि त्यति ब्यवसाहिक देखिएन तुलनात्मक रुपमा अरु ठाउँको भन्दा केहि अमिलो।
स्याऊ बगैचा; स्याऊ खेती धेरै जसोकोमा भएपनि त्यति ब्यवसाहिक देखिएन तुलनात्मक रुपमा अरु ठाउँको भन्दा केहि अमिलो।
अमिलो नै भएपनि निकै ताजा र अर्गानिक स्याऊ दाना; धेरै खाएर भोलि पल्ट घाँटी दुखेको थियो हाहा।
अमिलो नै भएपनि निकै ताजा र अर्गानिक स्याऊ दाना; धेरै खाएर भोलिपल्ट घाँटी दुखेको थियो हाहा।

दोस्रो दिन:

हामी होटलबाट पुर्बी साईड यानिकि म्याग्दी जिल्ला तिर लाग्यौ। केहिबेर मा आरक्षको मुख्य कार्यलय हुदै अलिक पर पुगेपछि तिब्बती बस्ति सुरु भयो, त्यसको लगत्तै नौथर गाउ (९ जात-जाती बसोबास गर्दै आएको भएर) सुरु भयो। मलाई त कताकता मुस्तांग को झल्को पनि आयो। सायद ढुंगाको पर्खाल र स्याउ देखेर पनि होला। र फेरी केहि अगाडी पुगेर फेरीहोटल नै फर्कियौ।

शिकार आरक्ष परिसर, मुख्य कार्यालय भन्दा अगाडी।
शिकार आरक्ष परिसर, मुख्य कार्यालय भन्दा अगाडी।
-आरक्षका एकजना कर्मचारी संग छोटो जानकारी मुलक वार्तालाप।
-आरक्षका एकजना कर्मचारी संग छोटो जानकारी मुलक वार्तालाप।
आरक्ष, पशुपन्छी, जनावर र बनस्पतिको फोटो सहितको जानकारी दिने हेतु ले निर्माणधिन गोलघर र सो कार्य लाई तिब्र रुप दिदै नेपाली सेनाका एक जवान।
आरक्ष, पशुपन्छी, जनावर र बनस्पतिको फोटो सहितको जानकारी दिने हेतु ले निर्माणधिन गोलघर र सो कार्य लाई तिब्र रुप दिदै नेपाली सेनाका एक जवान।
नौथर गाउँ तस्बिर मा।
नौथर गाउँ तस्बिर मा।

तेस्रो दिन:

दोस्रो दिन पर्बतबाट गएका साथिहरु माथि बुकीलेक तिर पुगेर आउनु भएको रहेछ, कुराकानी र चिनापर्ची हुदै गर्दा उहाँहरुले हामीलाई त्यहाँको भिडीयो देखाए पछि मन नै थाम्न सकिएन। तेस्रो दिन एकाबिहानै ५ बजे हिड्यौ, करिब ५,६ घण्टाको उकालो पछि दहखर्क हुदै बुकीलेक पुग्यौ। मनमा यति हर्ष र उल्लाश थियो नि हजुर कुरै नगर्नुस। :p

भोली सायद बुकी लेक तर्फ लाग्छौ होला भन्ने लागेर मैले गुल्मको सानो पसलबाट [Army color ko torchlight] किनेको थिए, माल राम्रै परेछ अहिले सम्म सकुसल छ। हाहा =D
भोली सायद बुकी लेक तर्फ लाग्छौ होला भन्ने लागेर मैले गुल्मको सानो पसलबाट [Army color ko torchlight] किनेको थिए, माल राम्रै परेछ अहिले सम्म सकुसल छ। हाहा =D
पहिलो बिसौनी यहाँ एकछिन थकाई मारेर, चकलेट खाएर अगाडी लागेका थियौ।
पहिलो बिसौनी यहाँ एकछिन थकाई मारेर, चकलेट खाएर अगाडी लागेका थियौ।

बाटोमा भेडीगोठहरु देखीन्थे, लेकबाट पुरै म्याग्दी पट्टिको खर्क र हिमशृंखला मज्जाले देखिन्थ्यो, यसो कहिँ कतै जनावर पनि देखि पो हालिन्छ कि भनेर हामी सचेत थियौ तर दुख लाग्दो कुरा न्याउरी मुसो पनि देखेनौ। =D

तस्बिर आफै बोल्छ हजुर, म के बोलम र ? दहखर्क पुग्नु भन्दा केहि बेर तल बुकीले गरेको न्यानो स्वागत।
तस्बिर आफै बोल्छ हजुर, म के बोलम र ? दहखर्क पुग्नु भन्दा केहि बेर तल बुकीले गरेको न्यानो स्वागत।

माथि त त्यस्तै हो उचाईमा जहाँ पनि पानि पर्ने मसिनो असिना जस्तै र बादल, हुस्सु ले ढाकी हाल्यो हामीलाई, केहि बेरमा खाजा बोकेर लागेको थियौ। खानपान भएपछि बिस्तारै झर्यौ।

अलिक कस्सिएर हिड्नु पर्छ, फेरी घामले भेटाउन साथ् गर्मि र ज्यान गलेर हिड्न सकिन्न। :)
अलिक कस्सिएर हिड्नु पर्छ, फेरी घामले भेटाउन साथ् गर्मि र ज्यान गलेर हिड्न सकिन्न। 🙂
द ट्रेल।
द ट्रेल।
हाम्रो बाजा, राष्ट्रिय झन्डा र हुस्सुमय बुकी लेक।
हाम्रो बाजा, राष्ट्रिय झन्डा र हुस्सुमय बुकी लेक।

 

सदरमुकाम बाग्लुंग बजारबाट जानु भएको दाईहरु संग पनि भेट भयो त्यस दिन बेलुका र अन्य अन्य घुमन्ते समूह संग पनि आगो ताप्दै गफ्फ गाफ गरेर त्यो दिन निकै थकाई लागेको हुनाले छिट्टै हाम्रो कोठा तर्फ़ लाग्यौ।

सदरमुकाम बाट, तर मोटरमा पुग्नु भएको दाईहरु संग आगो ताप्दै, भलाकुसारी गर्ने क्रममा।
सदरमुकाम बाट, तर मोटरमा पुग्नु भएको दाईहरु संग आगो ताप्दै, भलाकुसारी गर्ने क्रममा।

ढोरमा अहिले सम्म घुम्न लाई आन्तरिक पर्यटक बाग्लुंग बजार, पर्बत, रुकुम, म्याग्दी, गुल्मी, डोल्पा बाट बढी आउने र शिकारको लागि चाही बिदेशी नागरिक बढी रहेछन।

 

अन्तिम दिन:

सबेरै उठेर नुहाई धुवाई गरियो।  होटलमा तातो पानिको व्यवस्था पनि थियो,बिहानको नास्ता गरेपछि हाम्रो हिसाब किताब गरेर हामी होटल बाट बिदा बादी भयौ। बिदा हुदै गर्दा फेरी त्यही खोला ( सानो भेरी ) जुन आउने बेलामा निकै चिसो थियो त्यो कसरी तर्ने होला भनेर पिर पर्न सुरु गर्यो हाहा ( ठाउँ छोड्न भन्दा खोला तर्न को पिर ) 😋 तरियो जसोतसो।

न्यानो शुभ-बिहानी ढोर बाट समस्त सबैमा। 
न्यानो शुभ-बिहानी ढोर बाट समस्त सबैमा। 

फर्कदा दर्शन गर्ने भनेर होटलको ठिक पारि पट्टि (सानो भेरी पारि) को मन्दिर [ढोरबराह ] माताको दर्शन  गर्यौ। निकै अचम्म लाग्यो छानो बिना को मन्दिर मुर्ति हुदै पानि आएर सानो भेरीमा मिसिने रहेछ अनि त्यो खोला लाई उत्तर गंगा भनिएको रहेछ। यो नदी सम्भवत: नेपालको यस्तो एक मात्र नदि जो उत्तर तर्फ़ बग्छ। २२ धाराको पानीले हात गोडा पखालिएर हामीले दर्शन गरेका थियौ। त्यहाँ बाट पनि बिदा भएर छानो हाल्दा देउता रिसाएको रे त्यसैले छानो बिना नै पूजेको कुरा गर्दै हामी देउराली पुग्यौ। सो मन्दिरमा जनै पुर्णिमामा निकै ठुलो मेला लाग्ने कुरा पनि थाहा भयो।

-हवस्त हजुर मौका मिले फेरी भेटौला! हामी, खर्बांग बाट जानु भएको एक समूह संगै बिदाबादी भएका थियौ। तस्बिरका लागि बसन्त दाजुलाई धन्यवाद।
-हवस्त हजुर मौका मिले फेरी भेटौला! हामी, खर्बांग बाट जानु भएको एक समूह संगै बिदाबादी भएका थियौ। तस्बिरका लागि बसन्त दाजुलाई धन्यवाद।
ढोर बराह माई परिसरमा रहेका २२ पबित्र धारा, हामीले पनि हात, मुख धोएर दर्शन गरेका थियौ।
ढोर बराह माई परिसरमा रहेका २२ पबित्र धारा, हामीले पनि हात, मुख धोएर दर्शन गरेका थियौ।
-अचम्म लाग्यो छानो संग देवता बस्न नमानेर बिना छानो नै पुञ्ज आज हुदो रहेछ, पानि पनि भित्र मुर्ति, घण्टी हरु हुदै आउने रहेछ।
-अचम्म लाग्यो छानो संग देवता बस्न नमानेर बिना छानो नै पुञ्ज आज हुदो रहेछ, पानि पनि भित्र मुर्ति, घण्टी हरु हुदै आउने रहेछ।

देउरालीमा चीसो हावा सरर चल्दै थियो। मन पनि चिसो भएर आयो फर्केर पाटन तिर हेर्दा, के गर्नु हजुर सधै भरि बस्न सकिन्न। फर्कनु त घर छदै छ ,भाईटिका  मनाएर, कर्मथलो राजधानी फर्कनु छ।

जे होस् अर्को लट फेरी आउन पर्छ है अनिल भाई केहि फरक प्रस्तुति र शैलीमा भन्दै हामी ओरालो लाग्यौ ।बाटोमा हामीले रुद्र ताल हेर्ने मौका पायौ तर ताल निकै जिर्ण अवस्थामा रहेछ। केहि बेर ओरालो लागे पछी फल्ले घर( जाने बेलामा खाएकै ठाउँ)  पुगेर खाना खायौ।

अर्को चोटी सम्म लाई, अलबिदा ढोर तिमि लाई नमरी बाचे, कालैले साचे पक्का भेट हुनेछ।
अर्को चोटी सम्म लाई, अलबिदा ढोर तिमि लाई नमरी बाचे, कालैले साचे पक्का भेट हुनेछ।
 बुकी बाट देखिएको म्याग्दी जिल्ला तिरका हिमश्रिङ्खला र खर्क हरु।
बुकी बाट देखिएको म्याग्दी जिल्ला तिरका हिमश्रिङ्खला र खर्क हरु।

त्यो दिन हामी बिहान ७ बजे बाट हिडेको निरन्तर देउराली, फल्ले घर, बोबांग,  हुदैँ बुर्तिबांग बजार आएर बास बस्यौ र केहि धार्नी ढोरपाटनको आलु खरिद गर्यौ।

थाकेको हुनाले त्यो दिन आराम गरियो अर्को दिन हाम्रो यात्रा गल्कोट (हटिया बजार) सम्म  रहयो।

त्यहाँ मेरो फुपुको घर भएकोले त्यो दिन हामी त्यहाँ महोत्सब चलेको रहेछ। हामी पनि चप्पल र Half Pant मा लक्खर लक्खर निस्कियौ। र दरम खोलाको माछा खाएर मझुवा फाँटमा केहि तस्बिर लिएर साँझमा फुपुकोमा फर्कियौ।

गाईघाट झरना, यहाँ अहिले[Canyoning] भन्ने साहसिक खेल सुरु हुदै छ रे सुनेको है 
गाईघाट झरना, यहाँ अहिले[Canyoning] भन्ने साहसिक खेल सुरु हुदै छ रे सुनेको है 
अर्को दिन फेरी सबेरै उठेर हटिया बजार बाट  एक घण्टा को दुरी मा रहेको गाईघाट झरना  अवलोकन गरेर फर्किदा हरिचौर स्थित  मल्ल राजा को दरबार  पनि हेरियो। म त्यस ठाउँ सम्म पहिला एकपटक पुगेको थिए, र सोहि दिन हटिया पुगेर फुपु को मा बिहान को खाना खाएर जीप मा बाग्लुंग सदरमुकाम स्थित आफ्नै निवासमा एक साता पश्चात पुग्यौ ।

हरिचौर स्थित मल्ल राजाको दरबार र परिसर तस्बिरमा।
हरिचौर स्थित मल्ल राजाको दरबार र परिसर तस्बिरमा।
किसान को कथा: नगरी काम पुग्दैन खान साँझ र बिहान
किसान को कथा: नगरी काम पुग्दैन खान साँझ र बिहान।

जानकारी:

हजुरहरुलाई लाग्न सक्छ मोटर बाईक जान्छ कि जान्न भनेर …..जान्छ बाईक जान त तर जीप हामी जाँदा फल्ले घरसम्म गएको देखियो । ट्याक्टर भने उपत्यका सम्म पुगेर बुर्तिबांग सम्म आलु ओसार्ने रहेछ।

पछिल्लो जानकारी:

अहिले ढोर मा ८८८+ MW जतिको जल बिधुत आयोजना [उत्तर गंगा जलाशय युक्त परियोजना] परेको हुनाले अब छिट्टै नै ड्याम खन्ने र अरु प्रक्रिया अगाडी बढाउने कुरा छ। आशा छ त्यस परियोजनाले ढोर क्षेत्रको प्राकृतिक सौन्दर्यलाई बिगार नपारी ढोरबासी जनताको जीवनस्थर सुधार्ने छ, जसले गर्दा हाम्रो देश नेपाल ढुक्क संगले लोडसेडिंग मुक्त छ भन्न पाइयोस।J

निस्कर्ष:

म त आफ्नो गृह जिल्ला घुमेर यो लेख हजुरहरु मार्फत पुर्याउन पाउदा फुरुङ्ग छु। थाहा छैन,खै हजुर मेरा शब्दहरु ले ढोर पेरिफेरी लाई न्याय गर्छन /गर्दैनन। J एकदमै ताजा छ यो ठाउँ यस्तै ताजा होस् र सबैले घुम्न सक्ने वातावरण मिलोस। अहिले सम्म कहाँबाट कसरी जाने भन्ने जानकारीको अभाब  भएर कति नेपालीहरु नै जान सक्नु भएको छैन। चिन्ता नलिनुस  केहि यो लेखमा नबुझेर  त्यस्तो लाग्यो भने मलाई सामाजिक संजाल फेसबुकमा नै सिधै सोध्न सक्नु हुनेछ।

चल मेरो राजा हाहा घुमन्ते र राजा पृष्ठभूमिमा सुन्दर ढोरपाटन पार्दै तस्बिर खिचाउन मस्त।
चल मेरो राजा हाहा घुमन्ते र राजा पृष्ठभूमिमा सुन्दर ढोरपाटन पार्दै तस्बिर खिचाउन मस्त।

अन्त्य मा यहि लेख मार्फत ढोरपाटन नगरपालिकाका मेयर देव ज्यू [देव कुमार नेपाली], जनसमुदाय र सरोकार वालाहरुमा ढोर क्षेत्रको प्रयटन प्रबर्दनमा
केहि कमि हुन नदिन बिनम्र अनुरोध गर्दै हाम्रो एकसाता लामो भ्रमण सफल पार्न सघाउने समस्त सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।

 

आरक्ष र गुल्मका उच्चस्तरिय कर्मचारी हरु संगको भलाकुसारी।
आरक्ष र गुल्मका उच्चस्तरिय कर्मचारी हरु संगको भलाकुसारी।

[बिशेष स-धन्यवाद  शिव राज कंडेल र हरि घर्ति मगर दाजु हरुमा, पछिल्लो समयको ताजा जानकारीको लागि ] J

शेयर गर्नै  पर्ने केहि तस्बिरहरु :

नबिबाट उत्तर गंगा पारि देखिने गाम घर।
नबिबाट उत्तर गंगा पारि देखिने गाम घर।

49 copy

‘स्यालपाखे’ भन्ने गाउँ का बि. के. भाई र उनको शेरे (भोटे), उनले हामीलाई त्यो भेग घुमाएर प्रयाप्त जानकारी दिएका थिए, धन्यवाद भाई लाई।
‘स्यालपाखे’ भन्ने गाउँ का बि. के. भाई र उनको शेरे (भोटे), उनले हामीलाई त्यो भेग घुमाएर प्रयाप्त जानकारी दिएका थिए, धन्यवाद भाई लाई।

धन्यवाद!

[author] [author_image timthumb=’on’]http://kanchanrai.com.np/authors/khimbahadurchhetri.jpg[/author_image] [author_info] Hello there! Myself Mr. Khim Bahadur Chhetri, you can also call me KBC 🙂

I’m originally from Baglung and currently a student of Computer Science and Engineering at Kathmandu University, Dhulikhel. I love traveling, exploring, hiking and interacting with new people. I am a nature lover and a travel enthusiast..

मेरो परिचय दिनुपर्दा म(खिम बहादुर छेत्री ) लेखक, विश्लेषक भन्दा पनि सर्बप्रथम त म पाठक हो, अर्को पाटोमा भन्नु पर्दा घुमन्ते हो, सामाजिक र मिलनसार व्यक्ति पनि हो।

धेरै-थोरै राजनीतिमा पनि चासो राख्ने गर्छु साथै आफ्नो मातृभूमि को निकै माया लाग्छ । मरुन्जेल पुरै नेपाल घुम्ने हो कुना-कुना । गितार भने पछि हुरुक्कै हुन्छु, संगीत प्रति बिशेष रुचि छ।

[/author_info] [/author]

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Compare Products
No products were added to compare list
Return to Shop
The Dissipating Cloud of Kori
0 customer review
5,000.00
Kori Goth Vertical
0 customer review
5,000.00
Kori Pond Reflection
0 customer review
5,000.00
Annapurna II From Kori
0 customer review
5,000.00
Kori Abandon Goth
0 customer review
5,000.00
Kokhe Dada Sunrise
0 customer review
5,000.00
Kokhe Dada Vertical
0 customer review
5,000.00
Kokhe Dada Evening
0 customer review
5,000.00
Haljure Parbat
0 customer review
5,000.00
Panch Pokhari, Solukhumbu 004
0 customer review
5,000.00