Featured,  Trek

छोमरोङ गाउँको सेरोफेरो

परिचय

नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण राष्ट्र र हिमाल, ट्रेकिङकोलागी प्रख्यात पनि । विश्वकै एक सर्वोत्कृष्ट ट्रेक रुट, अन्नपूर्ण सर्किट । त्यसमाथी स्वदेशी तथा विदेशी ट्रेकरका माझ लोकप्रिय अन्नपूर्ण बेस क्याम्प । बेस क्याम्पको रुट अन्तर्गत पर्ने एउटा रमणीय र अति सुन्दर गाउँ हो `छोमरोङ´ । कास्की को उत्तर पश्चिम् भेगमा यो गाउँ अवस्थित छ। समुन्द्र सतहबाट लगभग २१७० मिटरको उचाईमा रहेको यस गाउँ अन्नपूर्ण र माछापुच्छ्रे वरिपरिका सौर्न्दर्य दृश्यावलोकनका लागि चर्चित छ । अन्नपूर्ण बेस क्याम्प पुग्न चाहने हरेक पर्यटक र ट्रेकरहरु यस गाउँसँग परिचित हुदै अगाडी बढ्छन् । छोमरोङबाट उत्तरमा अन्नपूर्ण हिमशृङ्खला देखि दक्षिणमा पञ्चासे लेक सम्म अवलोकन गर्न सकिन्छ । पैदल यात्रा नै प्रमुख माध्यम हो यस गाउँसम्म पुग्नका लागि ।

IMG_0271

कसरी पुग्ने?

मुख्यतया पर्यटकहरु पोखरा – नयाँ पुल – बिरे ठाँटि – किल्यु – घान्द्रुक – किमरोग्ग खोला हुँदै छोमरोङ पुग्न सक्छन् । पोखराबाट लगभग दुई दिनको हिडाइमा पुग्न सकिन्छ छोमरोङ गाउँ । गाउँ पुग्नका लागि धेरै रुटहरु रहेका छन् ।

  • धम्पुस – लान्द्रुक – तातोपानी हुदै छोमरोग्ङ
  • बेनि – पुन हिल – किमरोग्ग खोला हुदै छोमरोग्ङ

IMG_0186

प्रायः पर्यटकहरु छोमरोङ पुग्न र अन्नपूर्ण बेस क्याम्प सम्म पुग्न नयाँ पुल – बिरे ठाँटि – किल्यु – घान्द्रुक – छोमरोङ कै रुट अपनाउँदछन । पोखरा बाट सिधै किल्युसम्म पुग्न दैनिक रूपमा गाडी पनि छुट्छ तर प्रकृतिमा रम्न चाहनेहरु नयाँ पुलबाट नै पैदल गन्तव्य नाप्छन् । साधारणतया नयाँ पुलबाट किल्यु १.५ घन्टा पैदल हिडाइमा पुग्न सकिन्छ भने पोखराबाट नयाँ पुल गाडीमा १ घन्टा । किल्यु बाट दुईवटा बाटोहरु छुट्टिन्छन । एउटा सिधै तातोपानी हुदै छोमरोङ र अर्को घान्द्रुक हुदै छोमरोङ । छोटो बिदा वा समय लिएर आउनेले किल्यु – तातोपानी हुदै छोमरोङको रुट प्रयोग गर्छन् भने केही लामो समय लिएर आउनेहरु , साँस्कृतिक , प्राकृतिक रसमा रम्नेहरु किल्यु – घान्द्रुक – छोमरोङ रुट प्रयोग गर्दछन् । केहि भने एउटा रुटबाट जाने र अर्को रुटबाट फर्किने पनि गर्दछन् ।
_MG_0365

किल्युबाट ३ घन्टाको ठाडो उकालो चढेपछि मात्र घान्द्रुक पुग्न सकिन्छ । उकालोमा पर्ने प्राकृतिक सौन्दर्य, कला, भाषाशेेेैलि र अतुल्य सँस्कृतिका कारण पर्यटकले थकानको भान पाउँदैनन् । मुख्यतय पहिलो दिनको बसाई घान्द्रुक बनाँउछ्न पर्यटकहरु । रमणीय परिवेश, गुरुङ कला, सँस्कृती , धरोहर र हिमालका आवर्तनले सदैव पर्यटकहरुलाई न्यानो स्वागत गर्छ घान्द्रुकमा । विदेशी पर्यटक मात्र नभइ स्वदेशीको पनि ठुलै जमात यहाँ आउने गर्छन् । होमस्टे तथा स्तरीय होटलको सत्कार र गुरुङ सँस्कृती हेर्न लायक चिज हो घान्द्रुकको । घान्द्रुकबाट अर्को दिनको करिब ४ घन्टाको खुट्टा नअडिने ओरालो र नाक छुने उकालो पैदल यात्रापछि बल्ल खुट्टाले छोमरोङ टेक्छ। यसबीचमा पर्ने ठुला पहाड र तिनमा पाइने वन्यजन्तु, बोट-बिरुवा हेर्न लायक छन् । यस ठाउँ दुर्लभ चराचुरुङ्गीका लागि पनि प्रख्यात छ। छोमरोङ पुग्नासाथ माछापुच्छ्रे र अन्नपूर्ण को चिसो हावाले मुटु कपाँउछ सबैको । छोमरोङका कलात्मक होटलहरुको आतिथ्य र खानाका परिकारहरुले पर्यटकलाई अझै लोभ्याँ उदछ ।

_MG_0454

_MG_0485

अन्त्यमा

आफ्नो फुर्सदको समय प्राकृतिक सुन्दरता र स्थानीय सँस्कृतीमा रम्न र बिताउन चाहनेहरुकालागि राम्रो गन्तव्य हुनसक्छ छोमरोङ, घान्द्रुक, तातोपानी गाउँहरु । विश्वकेेेै एक उत्कृष्ट पैदलमार्ग र त्यसमाथि प्राकृतिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण अरु के चाहियो एक घुमन्तेका लागि । तसर्थ यसको सम्बर्द्धन र संरक्षणपनि जरुरी देखिन्छ । यस्ता अथाह सम्पदा र सँस्कृती हाम्रो सन्ततिका लागि सुरक्षित राख्नु हाम्रो पनि कर्तव्य हो । सम्पुर्ण राष्ट्रवासि र विदेशीहरु आफ्नो हतासा बिर्सेर रम्ने यस्ता ठाउँको जगेर्ना र विकास गर्नु रास्ट्र एवं सरकारको प्रमुख दायित्व हुनजान्छ । रास्ट्र मात्र नभई राष्ट्रजनको पनि प्रमुख भुमिका रहन्छ विकासमा त्यसैले त म घुमिराख्छु नेपाल, तपाईहरु पनि घुम्ने होईन ??

IMG_0190

_MG_0403

[author] [author_image timthumb=’on’]http://i1.wp.com/ghumante.com/wp-content/uploads/2015/07/sujan.jpg[/author_image] [author_info]

यस लेखका लेखक सुजन गौतम हुन् । यात्रा गर्न र फोटो खिच्न मनपराउने सुजन तनहुँका स्थायी बासिन्दा हुन् । वहाँको अरु फोटोहरु हेर्नको लागि तलको लिंकमा जान सक्नुहुन्छ ।

  • https://www.facebook.com/sujan.gautam.77

[/author_info] [/author]

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Compare Products
No products were added to compare list
Return to Shop
The Dissipating Cloud of Kori
0 customer review
5,000.00
Kori Goth Vertical
0 customer review
5,000.00
Kori Pond Reflection
0 customer review
5,000.00
Annapurna II From Kori
0 customer review
5,000.00
Kori Abandon Goth
0 customer review
5,000.00
Kokhe Dada Sunrise
0 customer review
5,000.00
Kokhe Dada Vertical
0 customer review
5,000.00
Kokhe Dada Evening
0 customer review
5,000.00
Haljure Parbat
0 customer review
5,000.00
Panch Pokhari, Solukhumbu 004
0 customer review
5,000.00