Annapurna Circuit Trek

Annapurna Circuit Trek

Every once in a while, I dream of waking up someday to find that I’ve got wings all of a sudden and I can fly. Even if I couldn’t fly all over the world, I wish to see all the places in Nepal. In the past five years, my dream and the reality were like day and night that never overlapped. With every morning, my dream fades away along with my sleep but my enthusiasm never dies, hope remains and my wandering zeal prevails. Who needs the wings to wander? A Leopard doesn’t need wings to run like a wind and elephants walk gracefully without wings. This is the feeling that pushed me to go on the trek to Annapurna Round Circuit. Exciting companions, burning ghumante spirit in heart, a back-pack with all the necessities, good camera and a pair of trekking shoes, what else do you need to start? Annapurna circuit is one of the top 10 trekking routes in the world. This route goes through four districts Lamjung, Myagdi, Manang and Mustang of which the latter two districts are on the other side of the mountains. Besisahar, thheadquarter of Lamjung district, is the entry point of this route which is 6 hours by bus from Kathmandu. Our journey began with the sunries and we were in Besisahar at around 2pm. Recently, a massive earthquake had devastated Nepal and on top of that, the country was going through turmoil and chaos due to the blockade imposed in the southern border. Therefore we were also very curious to see how this had affected the travel destinations and the daily...
मनकामना यात्रा, भुकम्प पछिका तिता मिठा अनुभव

मनकामना यात्रा, भुकम्प पछिका तिता मिठा अनुभव

श्री गणेश : ( यात्रा अघिका कुरा) मनमा तरङ्ग, बितरङ्गहरु जोश, शक्ति र बिश्वास अनि अाट `घुमन्ते´ नामै यस्तै छ । धेरै जस्तो अन्य कार्य र पढाईमा ब्यस्त हुने भएकै कारणले सनिवार वा अरु बिदाका दिन घुम्न निस्किने बानी । बानी भन्दा पनि लत नै लागिसक्यो  भन्दा ठिक होला । युवा अवस्था जोश –जागर र अाट गर्ने बानी को त कुरै नगरौ । वर्षा को मौसम यसपालि घर मात्र बसिराख्न अल्छी लाग्ने । लगभग ४० वटा जिल्ला घुमेको अनुभव बटुल्दै नजिकै ४० कि मिमा (दमौली बाट ) अवस्थित मनकामनाको हिडाइ गर्ने योजना पारित भो हामी दुई साथी बिच । सनिवार भनिएको हिडाइ कारणवस शुक्रबार नै गरौ भन्ने धारणा अर्का घुमन्तेको । सनिवार भनिएको यात्रा को ठिकठाक तयारि गर्न नपाउदै शुक्रबार नै झोला र क्यामेरा बोकि हिडियो । भन्ने गरिन्छ नि ” Travelers do not plan their destination they just travel around. ” अब अघिको यात्रा आफै पढ्नुस । धार्मिक दृष्टिकोणले ज्यादै नै महत्व बोकेको मनकामना मन्दिर हिन्दुहरुका लागि पुग्नै पर्ने धर्मिक स्थल । जहाँ बर्सेनि हजारौंले आफ्ना मनोकामना एवम्   कयौं भाकल पूरा होस भनेर धाउने गर्दछ्न । अरुको जस्तो अथाह मनोकामना नभएपनि केही प्राथना त माग्ने सोच पनि थियो मनकामना माइको सामु । बैशाख १२ र २९ गते गएको महाभुकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्ला र गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर । त्यसैले यस यात्रामा धार्मिक पाटो मात्र जोडिएको छैन । भुकम्पले चर्काएको र हल्लाएका घर, गोठ, स्कुल र मनकामना मन्दिरको पनि बेग्लै कथा जोड्न खोजेको छु । घरबाट अलि अबेर हिडियो तर पनि आबुखैरेनी बाट उकालो लाग्दा बिहानको सात बजेको थियो । मर्स्याङ्दि र दरौदीको संगम भन्दा अलि तल बाट   झोलुङ्गे पुल तर्दै कानटार गाउँ बाट ठाडो उकालोको पैदल यात्रा...
छोमरोङ  गाउँको सेरोफेरो

छोमरोङ गाउँको सेरोफेरो

परिचय नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण राष्ट्र र हिमाल, ट्रेकिङकोलागी प्रख्यात पनि । विश्वकै एक सर्वोत्कृष्ट ट्रेक रुट, अन्नपूर्ण सर्किट । त्यसमाथी स्वदेशी तथा विदेशी ट्रेकरका माझ लोकप्रिय अन्नपूर्ण बेस क्याम्प । बेस क्याम्पको रुट अन्तर्गत पर्ने एउटा रमणीय र अति सुन्दर गाउँ हो `छोमरोङ´ । कास्की को उत्तर पश्चिम् भेगमा यो गाउँ अवस्थित छ। समुन्द्र सतहबाट लगभग २१७० मिटरको उचाईमा रहेको यस गाउँ अन्नपूर्ण र माछापुच्छ्रे वरिपरिका सौर्न्दर्य दृश्यावलोकनका लागि चर्चित छ । अन्नपूर्ण बेस क्याम्प पुग्न चाहने हरेक पर्यटक र ट्रेकरहरु यस गाउँसँग परिचित हुदै अगाडी बढ्छन् । छोमरोङबाट उत्तरमा अन्नपूर्ण हिमशृङ्खला देखि दक्षिणमा पञ्चासे लेक सम्म अवलोकन गर्न सकिन्छ । पैदल यात्रा नै प्रमुख माध्यम हो यस गाउँसम्म पुग्नका लागि । कसरी पुग्ने? मुख्यतया पर्यटकहरु पोखरा – नयाँ पुल – बिरे ठाँटि – किल्यु – घान्द्रुक – किमरोग्ग खोला हुँदै छोमरोङ पुग्न सक्छन् । पोखराबाट लगभग दुई दिनको हिडाइमा पुग्न सकिन्छ छोमरोङ गाउँ । गाउँ पुग्नका लागि धेरै रुटहरु रहेका छन् । धम्पुस – लान्द्रुक – तातोपानी हुदै छोमरोग्ङ बेनि – पुन हिल – किमरोग्ग खोला हुदै छोमरोग्ङ प्रायः पर्यटकहरु छोमरोङ पुग्न र अन्नपूर्ण बेस क्याम्प सम्म पुग्न नयाँ पुल – बिरे ठाँटि – किल्यु – घान्द्रुक – छोमरोङ कै रुट अपनाउँदछन । पोखरा बाट सिधै किल्युसम्म पुग्न दैनिक रूपमा गाडी पनि छुट्छ तर प्रकृतिमा रम्न चाहनेहरु नयाँ पुलबाट नै पैदल गन्तव्य नाप्छन् । साधारणतया नयाँ पुलबाट किल्यु १.५ घन्टा पैदल हिडाइमा पुग्न सकिन्छ भने पोखराबाट नयाँ पुल गाडीमा १ घन्टा । किल्यु बाट दुईवटा बाटोहरु छुट्टिन्छन । एउटा सिधै तातोपानी हुदै छोमरोङ र अर्को घान्द्रुक हुदै छोमरोङ । छोटो बिदा वा समय लिएर आउनेले किल्यु – तातोपानी हुदै छोमरोङको रुट प्रयोग गर्छन् भने केही लामो समय...